
काठमाडौं । लामो बिबादमा फसेको पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन बिभाजन भएको हो ।
असन्तुष्ट समुहका उपदेश यादवले संगठनलाई विधान बमोजिम अघि बढाउनका लागि १ सय ९९ सदस्यीय आयोजक समिति निमार्ण गरिएको बताउनुभयो । आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्ने उहाँको भनाइ छ ।
वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका बिद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दावी गर्नुभएको छ ।
प्रतिक्रिया