Pura Samachar

नेपालमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३ सय १४ जना सक्रिय संक्रमित

प्रकाशित: July 2, 2022
पूरा समाचार

नेपालमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३ सय १४ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ४ सय ६७ जनामा गरिएको परीक्षणमा ४४ जनामा संत्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमित संक्रमणमुक्त हुँदा। ८७हजार २३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सोही अवधिमा संक्रमणबा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ३ सय १४ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया