
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ्
शनिबार बिहान ललितपुर महानगरपालिका-१५ थसिखेल चोकमा मोटरसाइकल दुर्घटनामा परेको हो।
बागमती प्रदेश ०२-०३४ प ०७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक महालक्ष्मी नगरपालिका-१० लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङतान छन्।
प्रतिक्रिया