Pura Samachar

भारतको हिमाञ्चल प्रदेशमा सोमबार एउटा बस दुर्घटनास्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु

प्रकाशित: July 4, 2022
पूरा समाचार

भारतको हिमाञ्चल प्रदेशमा सोमबार एउटा बस दुर्घटनास्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशमा सोमबार एउटा बस दुर्घटना हुँदा केही स्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ।

एनडिटिभीका अनुसार सैन्जतिर गइरहेको बस कुल्लुनजिकै बिहान साढे ८ बजेतिर एउटा खोंचमा खसेको थियो।

उक्त बसमा कम्तीमा ४० जना विद्यार्थी रहेको स्थानीय प्रहरीले जनाएको छ। घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।

मृतकको संख्या अझै बढ्ने सम्भावना छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना हृदयविदारक भएको बताएका छन्। उनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया