
बुटवल । लुम्बिनी क्षेत्रबाट हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । गएराति राति साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमान्डमा गस्तीमा खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो ।
यूपी ५५ एडी ०६८४ नम्बरको मोटर साइकललाई शंका लागी पिछा गर्दै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर–६ बसपार्कनजिक मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय ‘चिनक’ भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय को आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया