Pura Samachar

भक्तपुरमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु

प्रकाशित: July 5, 2022
पूरा समाचार

भक्तपुरमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु

भक्तपुरमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो साढे १ बजे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कर्यालय अगाडि दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए।

काठमाडौं आउँदै गरेका बा ४ ख २२१२ नम्बरको बस र बा. ७८ प. १०८३ नम्बरको स्कुटर ठोक्किएका थिए।

दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका थिए। उनीहरूको उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा लगिएको थियो।

प्रतिक्रिया