Pura Samachar

एयरलाइन्स कम्पनीहरुले बिहीबारदेखि नै लागु हुनेगरी हवाई भाडा बढाए

प्रकाशित: July 6, 2022
पूरा समाचार

एयरलाइन्स कम्पनीहरुले बिहीबारदेखि नै लागु हुनेगरी हवाई भाडा बढाए

काठमाडौं– एयरलाइन्स कम्पनीहरुले बिहीबारदेखि नै लागु हुनेगरी हवाई भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै इन्धन सहचार्जको मूल्य बढेको हो।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि गर्दै १९० रुपैयाँ बनाएको थियो। वायुसेवा सञ्चालकहरुले प्रतिलिटर ५ रुपैयाँ बढेपछि सबै सेक्टरमा इन्धनस हचार्जको मूल्य बढेको छ।

एयरलाइन्स कम्पनीहरुले सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा २२० रुपैयाँ बढाएर १७ हजार २५ रुपैयाँ पुगेको भाडा कामय गरेका छन्। त्यस्तै सबैभन्दा कम काठमाडौं-सिमरा रुटमा ४५ रुपैयाँ बढेर नयाँ भाडा ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ।

यस्तो छ रुटअनुसारको भाडा :

air feair.jpeg

 

प्रतिक्रिया