
काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमणकाे संख्या बढ्न थालेकाे छ । पछिल्लाे २४ घण्टामा एकैदिन ७८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा ३ हजार ५१५ कोरोना परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयेा ।
उहाँका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ पुगेकाे छ ।
विगत २४ घण्टामा २३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ६३० पुगेको छ । यो दर ९८७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई, भेन्टिलेटरमा एक र दुई जना आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ।
प्रतिक्रिया