Pura Samachar

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालले पनि आज राष्ट्रिय शोक मनाउने

प्रकाशित: July 9, 2022
पूरा समाचार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालले पनि आज राष्ट्रिय शोक मनाउने

काठमाडौं –  जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालले पनि आज राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज नेपालले शोक मनाउन लागेको हो ।

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको थियो । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि आज बिहान गोली प्रहार भएको थियो ।

प्रतिक्रिया