Pura Samachar

अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भईरहेको छ भन्‍ने भनाइमा कुनै सत्यता नरहेको:नेपाल सरकारका प्रवक्ता कार्की

प्रकाशित: July 9, 2022
पूरा समाचार

अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भईरहेको छ भन्‍ने भनाइमा कुनै सत्यता नरहेको:नेपाल सरकारका प्रवक्ता कार्की

इनरुवा- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भईरहेको छ भन्‍ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोशिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहोर्‍याए ।

मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी समेत गरे ।

मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया