Pura Samachar

बुढीगंगा नगरपालिकाकाे मेयर र उपमेयर दुवै पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी

प्रकाशित: July 10, 2022
पूरा समाचार

बुढीगंगा नगरपालिकाकाे मेयर र उपमेयर दुवै पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी

बाजुरा । बुढीगंगा नगरपालिकाकाे मेयर र उपमेयर दुवै पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी हुनुभएकाे छ । प्राप्त अन्तिम मतपरिणाम अनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी हुनुभएकाे हाे ।

नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ ।

वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई पराजित गर्नुभएकाे छ भने उपमेयरमा एमालेकी मायाकुमारी खड्काले कांग्रेसकी रिता शाहीलाई पराजित गर्नुभएकाे छ।

मतपरिणाम अनुसार बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७३ मत प्राप्त गर्नुभयाे भने उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ र कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत प्राप्त गर्नुभयाे ।

प्रतिक्रिया