Pura Samachar

दक्षिण अफ्रिकाको जोहानेसवर्ग नजिकै रहेको सोवेतो शहरको एउटा बारमा कम्तीमा १५ जनाको गोली हानी हत्या

प्रकाशित: July 10, 2022
पूरा समाचार

दक्षिण अफ्रिकाको जोहानेसवर्ग नजिकै रहेको सोवेतो शहरको एउटा बारमा कम्तीमा १५ जनाको गोली हानी हत्या

दक्षिण अफ्रिकाको जोहानेसवर्ग नजिकै रहेको सोवेतो शहरको एउटा बारमा कम्तीमा १५ जनाको गोली हानी हत्या गरिएको छ ।

स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार बन्दुकधारीहरूले आइतबार बिहान ‘ओर्लान्डो ईस्ट टेभर्न’ बारमा प्रवेश गरेर युवाहरूको समूहमाथि अन्धाधुन्ध गोली चलाएका थिए । त्यसपछि आक्रमणकारीहरु सेतो मिनीबसमा भागेका थिए ।

आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गोली लागि अरु केही युवाहरू घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको उमेर १९ देखि ३५ वर्ष बीचको रहेको गौतेङ प्रान्तका प्रहरी प्रमुख लेफ्टिनेन्ट जनरल इलियास मावेलालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरीले संदिग्धहरूको खोजी गरिरहेको छ । अहिलेसम्म आक्रमणकारीहरुको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया