Pura Samachar

पोखरा महानगर पालिकाको बजेट पारित

प्रकाशित: July 10, 2022
पूरा समाचार

पोखरा महानगर पालिकाको बजेट पारित

पोखरा । पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आईतबार बसेको नगर सभाले आगामी वर्षको बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पारित गरेको हो ।

यसअघि बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको र वडाअध्यक्षहरुसँग छलफल नगरी योजना बनाइएको भन्दै विरोध भएको थियो । विरोधपछि रातो किताब किन र कसरी छापियो भन्ने विषयमा छानविन गर्ने सहमतिपछि बजेट प्रस्तुत भएको थियो ।

प्रतिक्रिया