Pura Samachar

आज हिमालयन बैंक र सिभिल बैंकबीच गाभ्ने र गाभिनेविषयमा सहमति हुने

प्रकाशित: July 13, 2022
पूरा समाचार

आज हिमालयन बैंक र सिभिल बैंकबीच गाभ्ने र गाभिनेविषयमा सहमति हुने

हिमालयन बैंक र सिभिल बैंकबीच गाभ्ने र गाभिने विषयमा सहमति हुने भएको छ ।

पटकपटकको प्रयासपछि हिमालयन र सिभिल बैंक मर्जरका लागि तयार भएका हुन् ।

दुई पक्षीय छलफल र मर्जर कमिटीले तयार पारेको प्रतिवेदनमा आधारित भएर बुधवार दिउँसो ३ बजे हिमालयन बैैंक र सिभिलबीच मर्जरको सम्झौता हुने भएको छ ।

हिमालयन बैंकसँग सिभिल १००ः८१ को अनुपातमा मर्जरमा जाने भएको छ । मर्जरपछि सिभिल बैैंक हिमालयनमा विलय हुने भएको छ ।

हिमालयन बैंकमा सिभिल बैंक गाभिने भए पनि सिभिल बैंकका १०० कित्ता सेयर हुने लगानीकर्ताले हिमालयनको ८१ कित्ता शेयर पाउने छन् ।

हिमालयन बैंकले सिभिललाई प्राप्ति गर्ने आजको सम्झौतापछि बैंकको नाम भने हिमालयन नै हुने भएको छ ।

नयाँ बन्ने बैैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा नै हुनेछन् । सीईओपछि दोस्रो वरीयताको डेपुटी सीईओमा सिभिल बैंकका सीईओ सुनिल पोखरेल हुनेछन् ।

हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेपछि राष्ट्र बैंकको कारबाहीबाट बच्न अर्को वाणिज्य बैंकसँग मर्जर वा एक्विजेशन गर्नुपर्ने बाध्यता छ ।

सोही बाध्यताका कारण इन्भेष्टमेन्ट बैंकले पनि मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको छ ।

प्रतिक्रिया