
डा. हरिमोहन पोखरेल
कोहिमा/मणिपुरमा आजबाट सितंबर तीस तारीख सम्म चल्ने कोविद –१९ टीकाकरण अभियानलाई जन आन्दोलनको रूपमा मनाउने कार्यक्रम सञ्चालन भएको छ ।
आजादी अमृत महोत्सव कार्यक्रम अंतर्गत राज्यका हरेक जिल्लाहरूमा अनिवार्य रूपमा टीकाकरण गरिनुपर्ने बताएका छन ।
जन आन्दोलन समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेन भने कि आजादीका अमृत महोत्सव कार्यक्रम अंतर्गत सो टीकाकरण अभियानले अवश्य पनि समाजका निम्न तप्काका मानिसहरूलाई अवश्य पनि फाइदा पुर्याउन सक्ने छ ।
उनले बताए कि सबैले टीकाकरणलाई सफल बनाएर कोविदबाट जीत हासिल गर्नुपर्छ ।
स्मरण रहोस मणिपुरमा कोविद निरंतर रूपमा बढेर सरकारले स्कुलहरू बंद गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया