Pura Samachar

२४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

प्रकाशित: July 16, 2022
पूरा समाचार

२४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ९० नमुना परिक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ।

जसमध्‍ये १ हजार १९९ जनाको पीसीआर परीक्षण गर्दा १५२ जना र १ हजार ८९१ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। पछिल्लो २४ घण्टामा ५१ जना संक्रमणमुक्त भएका छन्।

१ हजार २४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन्।

प्रतिक्रिया