Pura Samachar

नामिबियाविरुद्ध शनिबार हुने खेलमा पहिलो फिल्डीङ गर्दै

प्रकाशित: July 16, 2022
पूरा समाचार

नामिबियाविरुद्ध शनिबार हुने खेलमा पहिलो फिल्डीङ गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध शनिबार हुने खेलमा पहिलो फिल्डीङ गर्ने भएको छ ।

स्कटल्यान्डको एरस्थित काम्बसडन मैदानमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर ब्याटिङ रोजेका हुन् । स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल तेस्रो खेल खेल्दैछ । यसअघि २ खेलमा नेपालले १ जित र १ हार बेहोरेको छ । दुवै खेलमा नेपालको बलिङ प्रदर्शन उत्कृष्ट रहेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले घरेलु टोली स्कटल्यान्डलाई पहिलो पटक हराउँदै इतिहास रचेको छ । उक्त जितपछि नेपाल उच्च मनोबलका साथ नामिबियासँग उत्रनेछ ।

प्रतिक्रिया