
काठमाडौँ / आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला २०० रुपैँयाले घटेको छ भने चाँदी १५ रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको छापाबाल सुन आज आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार हुने भएको छ ।
यस्तै, आघिल्लो दिन प्रतितोला ९३ हजार ३०० रुपैँयामा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९३ हजार १०० रुपैँयामा कारोबार हुनेछ ।
त्यस्तै, महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैँयाले बढि एक अजार १६० मा कारोबार हुने भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १४५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया