
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल भारतको भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ ।
अध्यक्ष दाहाल भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज(आइतवार) स्वदेश फिर्ता हुनुभएको हो ।
भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका अध्यक्ष दाहालले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतका विदेशमन्त्री एस शंकरनलगायतसँग भेटवार्ता गर्नुभएकाे थियाे ।
भाकपाका अध्यक्ष नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र माओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गराउनुभएकाे छ।
भ्रमणमासँगै रहनुभएका दाहालका स्वकीय सचिव रमेश मल्लले अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भएकाे भारत भ्रमण फलदायी भएको जानकारी दिनुभयाे ।
प्रतिक्रिया