Pura Samachar

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दै

प्रकाशित: July 18, 2022
पूरा समाचार

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज सोमबार बस्दैछ ।

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकिएको जनाएको छ । बैठक दिउँसो ३ बजे सुरु हुनेछ।

एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बस्न लागेको हो ।

एन्फाले सोमबारको कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुनेछ ।

यस्तै एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको थप एजेन्डामा समेत छलफल हुनेछ ।

नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका छन् ।

हेर्नुस एन्फा बैठकका एजेन्डा :

उपाध्यक्ष केसीले एजेन्डा थप गर्न माग गर्दै दर्ता गरेको पत्र :

प्रतिक्रिया