
भारत कोरोना अपडेट : चार दिनपछि घट्यो कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा १६ हजार ९ सय ३५ नयाँ संक्रमित
चार दिनपछि देशमा दैनिक कोरोना संक्रमितको संख्या घटेको छ । पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कुल १६ हजार ९ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन् । जबकि पछिल्लो चार दिनयता २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यसअघिको तथ्यांक हेर्दा आइतबार २० हजार ५२८, शनिबार २० हजार ४४, शुक्रबार २००३८ र बिहीबार २० हजार १३९ नयाँ संक्रमित थपिएका थिए ।
प्रतिक्रिया