Pura Samachar

सुन-चाँदीको मूल्य बढयो

प्रकाशित: July 20, 2022
पूरा समाचार

सुन-चाँदीको मूल्य बढयो

बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले बढेको हो। मंगलबार छापाबाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया