Pura Samachar

नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफरमा केही नयाँ अफर थप

प्रकाशित: July 21, 2022
पूरा समाचार

नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफरमा केही नयाँ अफर थप

काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफरमा केही नयाँ अफर थप गरिएको छ ।

कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा त्यसमा केही नयाँ अफर थप गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि रु. १५, २०० एसएमएस ३ दिनको लागि रु. २९ र ३०० एसएमएस २८ दिनको लागि रु. ९८ मा पठाउन सकिने टेलिकमले जनाएको छ ।

पहिले उपलब्ध अधिकांश अफरहरूलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ ।

प्रतिक्रिया