
डा. हरिमोहन पोखरेल
कोहिमा/नागालैंडमा राज्यको स्वास्थ्य सेवा विभागले सबै जनताहरूलाई चाँडो भन्दा चाँडो कोविदको प्रोटोकल फोलो गर्दै नया बूस्टर डोस लगाउने आग्रह गरेको समाचार प्राप्त भएको छ ।
राज्यको स्वास्थ्य सेवा विभागका द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि राज्यका सबै मानिसहरूले सरकारी अस्पताल/डिस्पेंसरी आदिमा गएर बूस्टर खोप लगाउनुपर्ने छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि राज्यमा धेरैजसो मानिसहरूले कोविदको दोस्रो खोप सम्म पनि नलगाएकोले गर्दा कोविदको प्रकोप बढेर जाने डर भएको कुरा पनि गरेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि कोविदको प्रोटोकल फोलो भने सबैले गर्नुपर्ने छ ।जसमा माॅकस निरंतर रूपमा लगाउनु पर्ने र सेनिटाइजर या हात धुने प्रकिया पनि जारी राख्नुपर्ने छ ।
विज्ञप्तिले अझै अगाडि थप्यो कि सामाजिक दूरी भने बनाएर राख्नु पर्ने छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि यदि कुनै पनि मानिसले कोविदको प्रोटोकल फोलो नगरे तथा खोप नलगाएको पाइएमा कडा कारबाही गरिने छ ।
स्मरण रहोस् नागालैंडमा कोविदको प्रतिदिन बढोतरी भएको खबरले फेरि एकपटक लोकडाउन हुन्छ कि भन्ने डर छ ।
प्रतिक्रिया