Pura Samachar

भारतमा एकैदिन १७ हजारभन्दा बढी कोभिडका नयाँ संक्रमित थपिए

प्रकाशित: July 22, 2022
पूरा समाचार

भारतमा एकैदिन १७ हजारभन्दा बढी कोभिडका नयाँ संक्रमित थपिए

काठमाडौँ- छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोभिडका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोभिड संक्रमण बढ्दै गएको छ ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोभिड नयाँ संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोभिड भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया