Pura Samachar

सुन-चाँदीको मूल्य बढयो

प्रकाशित: July 22, 2022
पूरा समाचार

सुन-चाँदीको मूल्य बढयो

शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९३ हजार रुपैयाँ र चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो।

साताको पहिलो दिनको तुलनामा पनि आज सुन-चाँदीको मूल्य बढेको हो। आइतबार सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया