Pura Samachar

भरतपुरमा एक पुरुषले श्रीमतीको ह’त्या गरी भाग्ने क्रममा आफ्नो पनि मृत्यु

प्रकाशित: July 25, 2022
पूरा समाचार

भरतपुरमा एक पुरुषले श्रीमतीको ह’त्या गरी भाग्ने क्रममा आफ्नो पनि मृत्यु

भरतपुर, ९ साउन

भरतपुरमा एक पुरुषले श्रीमतीको ह’त्या गरी भाग्ने क्रममा आफ्नो पनि मृत्यु भएको छ ।भरतपुर–१०, रमाइलोचोकस्थित आफ्नै निवासमा ३५ वर्षीया श्रीमती रुस्मालाई धा’रि’लो ह’ति’या’र प्रयोग गरी ह’त्या गरेर तीन तलाबाट हा’म फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।खु’कुरी प्र’हा’र लगत्तै तेस्रो तलाबाट हा’म फालेका कृष्णलाई भने चितवन मेडिकल कलेज लगिएको थियो । बरण्डाबाट सडकतिर हा’म फालेका उनको सडकपेटीमा ब’जारिएर टाउकोमा गम्भीर चो’ट लागेको थियो । गम्भीर घाइते कृष्णलाई पनि अस्पतालले राति करिब ११ बजेतिर मृ’त घोषणा गरेको थियो ।

प्रतिक्रिया