Pura Samachar

सुनको भाउ घटयो

प्रकाशित: July 25, 2022
पूरा समाचार

सुनको भाउ घटयो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया