Pura Samachar

मणिपुरमा कारगील विजय दिवस पालन

प्रकाशित: July 26, 2022
पूरा समाचार

मणिपुरमा कारगील विजय दिवस पालन

डा. हरिमोहन पोखरेल

कोहिमाडा / काश्मिरको चीसो भन्दा चीसो जग्गामा पनि भारतीय सेनाले पाएको विजय दिवस इतिहासमा अंकित छ भन्दै मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले कारगील विजय दिवसको अवसरमा बोल्दै उनले भने ।
इंफालको फर्स्ट बटालियन मणिपुर राइफलको बेङकेट हलमा आयोजित सो कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने कि भारतीय सेनाले पाकिस्तानको विरुद्धमा जुन सर्जिकल स्टाइल सन 1999 मा गरेर सफलता पाएको छ ।त्यसको शब्दमा बयान गर्न सकिन्न ।
मुख्यमंत्रीले अगाडि थपे कि यस्तो खालको सराहनीय कार्य सेनाले भारतको विभिन्न जग्गामा गरेको छ र भविष्यमा गर्नुपर्दा हामीहरू पनि तयारीमा बस्नुपर्ने छ ।
उनले सैनिकहरूको करतबलाई सलाम गर्दै भने कि यस्तो चीसो भन्दा चीसो जग्गामा पनि नया तकनीकि अनपाएर जीत हासिल गर्नु चानचुने कुरा चाहिं होइन ।यस्तो अभियानले पाकिस्तानले सबक नसिकनु चाहिं नराम्रो कुरा हो ।
कार्यक्रममा बाक्लो मात्रामा सेना र पुलिसका अधिकारीहरू उपस्थिति थियो ।
स्मरण रहोस आजकै दिन भारतले पाकिस्तान माथि जीत हासिल गरेको थियो ।जसमा शहीदहरूलाई प्रत्येक वर्ष गर्ने गरिन्छ ।
—डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत ।।

प्रतिक्रिया