Pura Samachar

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित: July 28, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सयले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया