Pura Samachar

पहिलो टी-ट्वान्टीभारतले घरेलु टोली वेस्ट इन्डिजलाई हरायाे

प्रकाशित: July 30, 2022
पूरा समाचार

पहिलो टी-ट्वान्टीभारतले घरेलु टोली वेस्ट इन्डिजलाई हरायाे

काठमाडौं । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्दिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

 

वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन जोड्दा केमो पाउलले अविजित १९ रन बनाए ।

निकोलस पुरण १८ रनमा आउट हुँदा केली मेयर्सले १५ रन बनाए ।

भारतका रविचन्द्र आश्विन, रबि बिश्नोई र अर्शदिप सिंहले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।

 

भारतका कप्तान रोहित चन्दले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा दिनेश कार्तिकले अविजित ४१ रन बनाए ।

सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ तथा ऋषव पन्तले १४ रन बनाए ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेपले २ विकेट लिए ।

यस जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया