Pura Samachar

पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन शुरु

प्रकाशित: August 1, 2022
पूरा समाचार

पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन शुरु

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन शुरु गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले जारी गरेको विज्ञप्तिमा आजदेखि हवाइ इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।

२० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्याङ्करहरूले पीडीओ नलिने पनि जनाइएको छ । २१ गतेदेखि सम्पूर्ण ट्याङ्करबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् ।

हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने महासङ्घको भनाइ छ ।

 

प्रतिक्रिया