
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ४ सय १५ जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ७ सय ६२ जनाको पीसीआर र २ हजार ६ सय ५३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार २ सय ९९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण ० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया