Pura Samachar

नागालैंडमा कोरोनाको खतरा रहेको आशंका

प्रकाशित: August 4, 2022
पूरा समाचार

नागालैंडमा कोरोनाको खतरा रहेको आशंका

डा. हरिमोहन पोखरेल

कोहिमा/नागालैंडमा कोरोनाको खतरा धेरै भएकोले गर्दा सरकारले कोरोना अनुरूप व्यवहार अपनाउन दिशा निर्देश जारी गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार प्रत्येक मानिसहरूले माॅकस लगाउनुपर्ने छ भने सेनिटाइजर र दुई गज दुरीको पालन पनि गर्नुपर्ने छ ।
राज्यको स्वास्थ्य सेवा विभागको बुलेटिनले बताए अनुसार कोविद अनुरूप व्यवहारलाई पालन नगरे भविष्यमा फेरि लोकडाउन हुन सक्ने संभावना पनि जताएको छ ।
स्मरण रहोस पूर्वोत्तरमा कोविदको खतरा अझै पनि बढी रहेको छ ।

प्रतिक्रिया