Pura Samachar

सर्वोच्च अदालतले शुक्रबार पनि पूरा समय सेवा प्रवाह गर्ने

प्रकाशित: August 5, 2022
पूरा समाचार

सर्वोच्च अदालतले शुक्रबार पनि पूरा समय सेवा प्रवाह गर्ने

काठमाडौँ – सर्वोच्च अदालतले शुक्रबार पनि पूरा समय सेवा प्रवाह गर्ने भएको छ । बाँकी रहेका पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आजदेखि शुक्रबार पनि  पूरा समय सेवा प्रवाह गर्ने भएको हो ।

सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फछ्र्यौट हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया