Pura Samachar

नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जीत

प्रकाशित: August 7, 2022
पूरा समाचार

नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जीत

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जीत  निकालेको छ।

गुडिसन पार्कमा शनिवार राति भएको खेलमा चेल्सीले एभर्टनविरुद्ध १-० गोल अन्तरको साँघुरो जीत  निकालेको हो ।

चेल्सीको जीत मा जोर्गिन्होले निर्णायक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई तीन अंक दिलाएका हुन् ।

यस जीत सँगै चेल्सीले सिजनको सुखद शुरूआत गरेको छ । चेल्सीले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रतिक्रिया