
नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थमा मूल्य घटाउन नसकिने बताएको छ । निगमले इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पनि बक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने बताएको छ । निगमको घाटा अझै २३ अर्ब रहेको छ ।
गत आवमा करिब ५० अर्व रुपिँया निगमलाई घाटा भएको थियो ।अहिले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा भैरहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा २ रुपियाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपियाँ ३७ पैसा घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४९९ रुपियाँ ५७ पैसा घाटा रहेको छ ।
प्रतिक्रिया