Pura Samachar

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना पुष्टि

प्रकाशित: August 8, 2022
पूरा समाचार

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना पुष्टि भएको छ ।

खड्कालाई आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको थियो ।

अहिले उहाँको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया