Pura Samachar

नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि  शेखर कोइराला पक्षीय विद्यार्थी नेताहरुले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन

प्रकाशित: August 8, 2022
पूरा समाचार

नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि  शेखर कोइराला पक्षीय विद्यार्थी नेताहरुले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन

नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि  शेखर कोइराला पक्षीय विद्यार्थी नेताहरुले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।  साउन मसान्तभित्र भ्रातृसंस्था गठन र पूर्णता दिने पार्टीको निर्णय कार्यान्वयन गर्न कोइराला पक्षीय नेविसंघका नेताहरुले दबाब स्वरुप प्रदर्शन गरेका हुन् । शेखर कोइराला पक्षसँग सल्लाह गरेर विधानसम्मत भातृ संस्थाको गठन गर्नका लागि दवाव स्वरुप प्रदर्शन गरिएको विद्यार्थी नेता दिनेश शाहीले बताए

उनले भने, ‘ पार्टी केन्द्रीय समितिको निर्णय नै कार्यान्वयन नहुने आशंका उब्जिएको छ । यस्तो अवस्था आउनु समग्र पार्टीकै लागि दुःखद बिषय हो । तत्काल नेपाल विद्यार्थी संघलाई विधानसम्मत र्णता दिनुपर्छ ।’

पार्टीका नेताहरुलाई ध्यानाकर्षण गराउन प्रदर्शनमा उत्रिएको विद्यार्थी नेता भुवन भट्टले बताए । उनले भने,  ‘साउन मसान्त आउन ९ दिन बाँकी छ, पार्टीभित्र भातृ संगठनको गठन र पूर्णताका लागि कुनै छलफल छैन । तत्काल शेखर कोइराला पक्षसँग छलफल गरि न्यायपूर्ण प्रतिनिधित्व हुनेगरी भातृ संगठनहरुको गठन र पूर्णता गर्न हामीले माग गरेका छौँ।’

उनले आफूहरुको प्रदर्शन साउन मसान्तसम्म नै जारी रहने र पार्टीको निर्णय कार्यान्वयन गर्न खबरदारी गरिरहने भट्टले बताए । प्रदर्शनमा विद्यार्थी नेताहरुले  पार्टीको निर्णय कार्यान्वयन गर, नेविसंघको तत्काल विधानसम्मत पूर्णता गर, साउन मसान्त आउन ९ दिन बाँकी, नेविसंघको पूर्णता हो कला र साथी भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया