Pura Samachar

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित: August 9, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सयले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ३५ रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया