Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: August 10, 2022
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया