Pura Samachar

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै

प्रकाशित: August 10, 2022
पूरा समाचार

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आजको बैठक दिउँसो १ बजे शुरु हुनेछ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शरेबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

राष्ट्रिय सभाको सन्देश सहितको ‘शपथ सम्बन्धी विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभाको सन्देश सहितको ‘शपथ सम्बन्धी विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने,

प्रतिक्रिया