
काठमाडौं, साउन २६ नयाँ सिजन २०२२–२३ को युईएफए सुपर कप फुटबलको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । गत सिजनको च्याम्पियन्स लिग विजेता रियलले गत सिजनको युरोपा लिग विजेता जर्मन क्लब फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै नयाँ सिजनको पहिलो पहिलो उपाधि जितेको हो ।
गत सिजनको च्याम्पियन्स लिग विजेताको हैसियतमा रियल र गत सिजनको युरोपा लिग विजेताको हैसियतमा फ्रान्कफुर्टले सुपर कपको उपाधि भिडन्त गरेका थिए । जसमा रियलले जर्मन क्लबलाई एकपक्षीय रूपमा हराएर उपाधि जित्न सफल भयो । रियलका लागि यो नयाँ सिजनको पहिलो उपाधि पनि हो ।
प्रतिक्रिया