Pura Samachar

मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

प्रकाशित: August 13, 2022
पूरा समाचार

मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

काठमाडौँ । मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

छलफलमै सहभागी आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरे। सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।

एक सर्वसाधारणले बन्दुकधारीलाई गोली हानेर आक्रमणकारीको हत्या गरेपछि आक्रमणको शृङ्खला रोकिएको थियो ।

आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया