Pura Samachar

मणिपुरमा शहीद दिवस पालन

प्रकाशित: August 14, 2022
पूरा समाचार

मणिपुरमा शहीद दिवस पालन

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यमा हिजो भव्य रूपमा शहीद दिवस मनाएको समाचार प्राप्त समाचार छ ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार सन् 1891 को एङलो -मणिपुरी युद्धमा शहीद हुने शहीदहरू क्रमसँगै पुखरमबम काजाओ, थाङगाल जेनेरल आदिलाई मुख्यमन्त्री विरेनले हैचम -याइचम पाटमा श्रद्धाञ्जली अर्पण गरे भने यसै गरि शहीद स्मारक र बीटी पार्कमा गएर युवराज टीकेनदरजीत ,निरंजन सुवेदार चराई नागालाई पनि श्रद्धाञ्जली अर्पण गरे।
समारोहमा संबोधन गर्दै विरेनले बताए कि आज हामी यिनै शहीदहरूको योगदानले गर्दा शान्ति संग बसेका छौ ।हामीले शहीदहरूको याद गर्नुपर्ने हुन्छ ।जसले ज्यानको उत्सर्ग गरेर देश बचाएको हुन्छ ।
उनले अगाडि थपे कि आजको दिनबाट हामीले प्रेरणा पाउनु पर्छ ।जसले देशको खातिर केही पनि गर्न पछाडि नपरोस ।
स्मरण रहोस प्रत्येक वर्ष आजको दिन मणिपुरमा भव्य रूपमा शहीद दिवस पालन गरिन्छ ।जो ऐतिहासिक कार्य हो ।

प्रतिक्रिया