
डा. हरिमोहन पोखरेल
कोहिमा /स्वतंत्रता दिवसको एक दिन अगाडि नै मणिपुरको मुख्यमन्त्री एन बिरेनले इम्फाल -मोइरांग -माओ सम्मको बाइक रैलीको शुरूवात इम्फालको हप्ता काङजैबुङबाट आज प्रस्थान गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले सानो सम्बोधनमा भने कि आजादीका अमृत महोत्सव कार्यक्रम अंतर्गत राज्यमा स्वतंत्रता दिवसको खुशी मनाउदै विभिन्न तप्काका मानिसहरूलाई यो खुशीको संदेश छरने छ ।
उनले अगाडि थपे कि आजादीका अमृत महोत्सव मामुली कार्यक्रम नभएको र प्रत्येक मानिसहरूले देशभक्ति भावनाले ओतप्रोत हुनुपर्ने कुरा पनि जनाए ।
विरेनले भने कि हर घर तिरंगा अभियान अंतर्गत हामीले बीसलाख भन्दा माथि तिरंगाहरू घर -घरमा पुर्याउन सफल भयौ ।
उनले अगाडि थपे कि यस बाइक रैलीले अवश्य पनि मणिपुरमा सुधारको रास्ता साफ देखतै अब नया जोशको साथमा अवश्य पनि परिवर्तन आउने आशा गर्न सकिन्छ ।
यस अवसरमा राज्यका सिविल तथा सरकारी निकायबाट विभिन्न भलादमीहरू उपस्थित थिए ।
स्मरण रहोस मणिपुरमा स्वतंत्रता दिवस अलग्गै रूपमा मनाइन्छ ।जो आफैमा एउटा इतिहास हो ।
प्रतिक्रिया