Pura Samachar

सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै

प्रकाशित: August 18, 2022
पूरा समाचार

सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै

काठमाडौँ – सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठकमा पदाधिकारी चयनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार आजको बैठकले माओवादी पदाधिकारी टुंगो लगाउने छ । माओवादी स्थायी समिति बैठक बुधबार पनि बसेको थियो ।

‘बुधबारको बैठक संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयो। खास गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरूका बारेमा छलफल भयो,’ उनले भने, ‘ करिब-करिब टुंगोमा पुगेका छौँ । आज पदाधिकारी पनि टुंगो लाग्छ ।’

माओवादीले गत पुसमा महाधिवेशन गरेको थियो । तर हालसम्म पनि पदाधिकारी छान्न सकेको छैन ।

प्रतिक्रिया