Pura Samachar

वेस्टइन्डिजसङ पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित

प्रकाशित: August 18, 2022
पूरा समाचार

वेस्टइन्डिजसङ पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित

एजेन्सी – स्पिनर अकिल हुसैन र तीव्र गतिका बलर अल्जारी जोशेफको उत्कृष्ट बलिङमा घरेलु टोली वेस्टइन्डिजले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा शमराह ब्रुक्सले ९१ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।

ओपनर शाई होप २६ र काइल मेयर्स ६ रनमा आउट भए । कप्तान निकोलस पुरन २८, जर्मेन ब्यालेकहुड १२ र जेसन होल्डरले १३ रन बनाए । न्युजिल्यान्डका टे«न्ट बोल्ट र टिम साउथीले समान दुई दुई विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्ड ४५.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ५० बलमा ४ चौकासहित सर्वाधिक ३४ रन बनाए । ओपनर मार्टिन गुप्टिल २४ र फिन एलेन २५ रनमा आउट भएका थिए । एलेनले २४ बलमा २ चौका र २ छक्का हाने ।

डेभन कन्वे ४, टम लथम १२, डर्याल मिचेल २०, माइकल ब्रेसवेल ३१ र मिचेल सान्टनर २५ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसैनले १० ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।

अल्जारी जोशेफले ८.२ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । जेसन होल्डरले ८ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया