Pura Samachar

काठमाडौंबाट हुन्डीको रकम सहित ३ जना पक्राउ

प्रकाशित: August 18, 2022
पूरा समाचार

काठमाडौंबाट  हुन्डीको रकम सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले हुन्डीको रकम सहित ३ जनालाई पक्राउ गरेको छ ।

घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ ।

घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया