
डा. हरिमोहन पोखरेल
कोहिमा /भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जन्मजयन्तीको अवसरमा मणिपुर राज्य सरकारले आज सद्भावना दिवसको रूपमा मनाएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेनले पूर्व प्रधानमन्त्री राजीव गान्धी द्वारा राजनीतिक र वैज्ञानिक स्तरमा गरेको योगदान बारे विस्तारमा बताए ।
एउटा सानो समारोहमा उनले भने कि राजीव गान्धीको योगदानलाई देशले कदापि भुल्न सक्दैन ।
यसै अवसरमा राज्यका सिविल तथा सरकारी निकायका अधिकारीहरूले शपथ ग्रहण गरे ।जसलाई गान्धीले आफ्नो जीवन र जगतबारे सामान्य मान्छेलाई एउटा राहत देखाउने प्रयास गरेका थिए ।
प्रतिक्रिया